Logo

मंगलवार, भाद्र ९ गते २०८३

अमेरिकामा एकैदिन १ हजार ५ सय ९२ जनाको मृत्यु

अमेरिकामा एकैदिन १ हजार ५ सय ९२ जनाको मृत्यु


अमेरिकामा एकैदिन १ हजार ५ सय ९२ जनाको मृत्यु

काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मंगलबार एकै दिनमा १ हजार ५ सय ९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ।

गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ।

स्थानीय समयानुसार मंगलबार राती ८ः१० सम्म एकै दिनमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बाल्टिमोर आवद्ध विश्वविद्यालयल जानकारी दिएको छ।

अमेरिकामा हालसम्म ४४ लाख ९८ हजार ३ सय ४३ जनाको संक्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ.।

कोरोना भाइरसको कारण विश्वभरिमा एक करोड ६९ लाख १ हजार ४०७ जना संक्रमित भएका छन् । गतवर्षको डिसेम्बर महिनाबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसको कारण विश्वभरिमा ६ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक