Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रहरी जवानको कोठाबाट सुनजस्तै देखिने १ किलो शंकास्पद वस्तु बरामद

प्रहरी जवानको कोठाबाट सुनजस्तै देखिने १ किलो शंकास्पद वस्तु बरामद


प्रहरी जवानको कोठाबाट सुनजस्तै देखिने १ किलो शंकास्पद वस्तु बरामद

काठमाडौँ । शुक्रबार पुनः काठमाडौँमा सुन जस्तो देखिने एक किलो पहेँलो धातु बरामद भएको छ ।

साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो पहेंलो धातु बरामद भएको हो । बरामद भएको धातु सुन हो सुन जस्तो देखिने धातु मात्र हो भन्ने परीक्षणपछि मात्रै खुल्नेछ।

दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जन दाहाललाई गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ,।

प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो। परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो।

प्रकरणमा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहालको अपरेशनल नेतृत्व कमजोर देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक