Logo

मंगलवार, भाद्र ९ गते २०८३

युवक कुटपिटपछि मृत्यु घटनामा १४ जना पक्राउ

युवक कुटपिटपछि मृत्यु घटनामा १४ जना पक्राउ


युवक कुटपिटपछि मृत्यु घटनामा १४ जना पक्राउ

काठमाडौँ । राेल्पाकाे रुन्टिगढी गाउँपालिका वडा नं ६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्युपछि १४ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले स्थानीय भीमबहादुर बस्नेत, झुपलाल वुढा, प्रेमबहादुर वुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हिराबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतलाई छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कदै गर्दा शनिबार राति लुटेको आरोपमा कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चित्रबहादुर गुरुङले जानकारी दिए।। अभियुक्त बस्नेतले रु पाँच हजार र घडी लुटेको स्थानीयवासी टेकबहादुर बस्नेतले बताए। इलाका प्रहरी कार्यालय होलेरीका अनुसार कुटपिटमै संलग्न बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले सिफारिस गरेपछि थप उपचारका लागि लाने क्रममा शनिबार मृत्यु भएको थियो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक