काठमाडौँ । काठमाडौंबाट हालै फर्किएका तनहुँका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
साउन २ गतेदेखि ८ गतेसम्म काठमाडौँ बसेर फर्किएका आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।
कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिका कार्यालय ३ दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाका कर्मचारी र अन्य केही सम्पर्कमा आएका २६ जनाको स्वाब लिएर परीक्षणका लागि पठाइएको छ।
‘उहाँ बिदा लिएर पारिवारिक काममा जानुभएको थियो । त्यही क्रममा काठमाडौंको एक अस्पतालमा गएको भन्ने खबर पाएका छौं,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले भने, ‘ट्रेसिङको काम भइरहेको छ । भोलिसम्म सबै डिटेल आउला ।’
कार्यालयमा विदा लिएर काठमाडौं आएका उनले विभिन्न ठाउँको यात्रा गरेका थिए । परिवारका सदस्य, आफन्त र अन्य गरी धेरै जनासँग ती कर्मचारीले भेटघाट गरेकाले ट्रेसिङमा समय लागिरहेको छ । ‘उहाँ काठमाडौंको कुन हस्पिटलमा जानुभएको थियो । कति जनासँग भेट भएको थियो भन्ने खोजी गरिरहेका छौं,’ उपाध्यायले भने ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक