Logo

बुधवार, भाद्र १० गते २०८३

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि


गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमितहरूमा तनहुँका दुई जना, स्याङ्जाका आठ जना, लमजुङका तीन जना, बागलुङका एक जना, कास्कीका ६ जना रहेका गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाको एक जना र म्याग्दे गाउँपालिकाको एक जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै स्याङ्जाको पुतली बजार नगरपालिकाको दुई जना महिला र एक जना पुरुष गरी तीन जना र वालिङ नगरपालिकाका पाँच जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यस्तै लमजुङको सुन्दर बजार नगरपालिकाका दुई जना र दोर्दी गाउँपालिकाको एक जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यसै गरी बागलुङको बागलुङ नगरपालिकाका एक जना पुरुषलाई समेत सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिकाका एक जना पुरुष र रुपा गाउँपालिकाका तीन जना पुरुष र दुई जना महिला गरी कुल छ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय पाँच पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप नयाँ २० जना सङ्क्रमित भेटिएका हुन ।

सबै सङ्क्रमित व्यक्तिहरूलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै गरी गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक हजार दुई सय ४५ पुगेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी