काठमाडौँ । नेपालमा आइतबार पुनः सुनको मूल्य बढेको छ । लकडाउन खुलेसँगै लगातार बढेको सुनको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको मूल्य ९९ हजार तीन सय रहेको सुनको मूल्य आज पुनः ३ सयले बढेको हो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य तोलाको दुई सय ९५ रुपैयाँले बढेर ९९ हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन तोलाको ९८ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक