Logo

मंगलवार, भाद्र ९ गते २०८३

भारतमा कोरोना भयावह बन्दै, संक्रमित संख्या १८ लाख नाघ्यो

भारतमा कोरोना भयावह बन्दै, संक्रमित संख्या १८ लाख नाघ्यो


भारतमा कोरोना भयावह बन्दै, संक्रमित संख्या १८ लाख नाघ्यो

काठमाडौँ। भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १८ लाख नाघेको सोमबार जनाइएको छ। गत २४ घण्टामा भारतका ५२ हजार ९ सय ७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १८ लाख ३ हजार ६ सय ९६ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७ सय ७१ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या ३८ हजार १ सय ३५ जना पुगेको छ। सरकारी अधिकारीका भारतमा कोरोना भाइरस संक्रमितमध्ये एघार लाख ८६ हजार २ सय ३ व्यक्ति निको भएर फर्किएका छन्। हाल भारतमा पाँच लाख ७९ हजार ३ सय ५७ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन्।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस संक्रमण राज्यका रूपमा रहेको छ। हाल महाराष्ट्रमा एक लाख ४८ हजार ८४३ जना संक्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ५ सय ७६ व्यक्तिको मृत्यु भइसकेको छ। महाराष्ट्र कुल चार लाख ४१ हजार २ सय २८ व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो।

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ९६२ संक्रमित अवस्थामा रहेका छन् भने चार हजार १ सय ३२ जनाको मृत्यु भएको छ।

राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा दश हजार ३ सय ५६ जना संक्रमित अवस्थामा रहेका र चार हजार ४० जनाको मृत्यु भइसेकेको छ। दिल्लीमा एक लाख २३ हजार ३ सय १७ व्यक्ति कोरोना मुक्त भएका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक