काठमाडौँ । चौध वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एकजना वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेका छन् ।
उनले बालिकालाई बिहे गर्छु भन्दै पटक–पटक जबरजस्ती करणी गरेको भन्ने पीडित परिवारले दिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ । उनीहरुको सम्बन्धबारे अभिभावकले थाहा पाएपछि वडाध्यक्षविरुद्ध जाहेरी दिएको हो ।
करिब ४७ वर्षीय रानाभाटलाई सोमबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण