काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले सुझाव लिएअनुसार काम पनि गरेर देखाउन आग्रह गरेका छन् ।
कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको विज्ञहरूको बैठकबाट छोटो समय बसेर आफ्नो धारणा राखेका देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरूले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको बताएका हुन् ।
सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताउँदै उनले बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले काम गर्ने सरकारले नै भएको बताए । ‘हामीले सुझाव दिएकै छौँ । हामीले दिएको सुझाव नमान्ने । अनि फेरि सुझाव लिन किन बोलाउनुपर्यो ?’, देउवाको भनाइ छ ।
उनले सरकार कोरोना र बाढीपहिरो नियन्त्रण तथा राहत र उद्दारमा खटिनुको साटो सत्ताको खिचातानीमा मात्रै रमाउने गरेको बताए । उनले भने, ‘कुरा कसैको नुसुन्ने । यो यो गर्नुस् भनेर भनेकै छौँ । थप सुझाव के दिनु केही छैन । दिएको सुझाव कार्यान्वयन गर्नुुस् भनेर भनेँ ।’ देउवा बैठकबाट निस्केपनि छलफल जारी छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक