Logo

मंगलवार, भाद्र ९ गते २०८३

लकडाउन लगायतका विकल्पबारे विज्ञले दिएका सुझाव कार्यान्वयन गर्छुः प्रधानमन्त्री

लकडाउन लगायतका विकल्पबारे विज्ञले दिएका सुझाव कार्यान्वयन गर्छुः प्रधानमन्त्री


लकडाउन लगायतका विकल्पबारे विज्ञले दिएका सुझाव कार्यान्वयन गर्छुः प्रधानमन्त्री

काठमाडौँ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विज्ञहरूबाट आएका सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।

मंगलबार सरोकारवाला र विज्ञहरूलाई बालुवाटारमा बोलाएर सुझाव लिएका प्रधानमन्त्री ओलीले प्राप्त सुझाव कार्यान्वयनमा लैजान आफू प्रतिवद्ध रहेको बताएका हुन्।


प्रम ओलीले स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका हुन्। उक्त परामर्शमा २५ जनाको उपस्थिति रहेको थियो।

‘परामर्शमा प्रमुख प्रतिपक्ष दलका काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित २५ जनाको उपस्थिति रहेको थियो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘सुझाव दिनेहरुलाई प्रधानमन्त्रीले धन्यवाद दिनुभयो र कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभयो।’


थापाले सुझावहरु एकै खालका नभएको भन्दै समग्रतामा कोभिड समस्या बढिरहेको सन्दर्भमा मिश्रित सुझाव प्राप्त भएको बताए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक