काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार पनि छलफल भएको छ ।
छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । उनीहरुबीच सोमबार पनि उनीहरुबीच भेटवार्ता भएको थियो ।
उनीहरुबीच विचार माझ्ने गरी छलफल हुन थालेको र स्थिति सकारात्मक भएको बताइएको छ । स्थायी कमिटीको बैठक पटक-पटक स्थगन भएको र नियमित कार्यसूचीमा छलफल हुन नसकेका कारण पार्टीमा विवाद बढेको छ । स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद बढेको छ ।
यही साउन १९ को छलफलपछि नेता नेम्वाङले संवादहीनता हटेर अध्यक्षद्वयबीच ससानादेखि हाल सतहमा आएका सबै विषयमा छलफल भएको र दुई अध्यक्ष बसेर सहमति गर्नाको विकल्प नभएको स्पष्ट गरेको थियो ।
पछिल्लो समय यही साउन १३ गतेको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक स्थगनपछि अध्यक्ष दाहालसहित बहुमत सदस्यको बैठकले अध्यक्ष ओलीसँग संवाद गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिएकामा सोही भावनाबमोजिम दुई अध्यक्षबीच निरन्तर छलफल भएको हो ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण