Logo

बुधवार, भाद्र १० गते २०८३

नेकपाको शीर्ष नेता भनाभन- बालुवाटार र पार्टी गन्हायो

नेकपाको शीर्ष नेता भनाभन- बालुवाटार र पार्टी गन्हायो


नेकपाको शीर्ष नेता भनाभन- बालुवाटार र पार्टी गन्हायो

काठमाडौँ । सत्तारूढ दल नेकपाका दुई अध्यक्ष छलफलमा बस्ने, आ–आफ्ना अडान कायमै राखेर उठने क्रम दोहोरिरहेकै छन् । बीचमा कहिले संवादहीनता हुने र फेरि छलफलको क्रम निरन्तर चल्ने नेकपाको नियति हो ।

आइतबार यता फेरि तीन दिन यही शृंखला चलिरहेको छ । मंगलबार पनि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहयोगी नेताहरू झलनाथ खनाल र सुवास नेम्बाङलाई साथमै लिएर साँझ एक घण्टा बालुवाटारमा छलफलमा बसे ।

पार्टीभित्रको विवाद समाधानको सूत्र खोज्ने उद्देश्यले आइतबार यता यिनै चार नेता दिनहुँ छलफलमा छन् । तर मंगलवारको छलफल भने दुई अध्यक्षका बीचमा चर्को भनाभनबाट शुरू भयो । सहभागी एक नेताका अनुसार, लगानी बोर्डको सीईओ नियुक्तिका विषयमा ओली–दाहाल भनाभन भएको हो । दाहाल र खनालले छलफलको शुरूमै सीईओ सुशील भट्टको नियुक्ति पार्टीसँग परामर्श र सल्लाह विनै गरिएको भन्दै बैठकमा आपत्ति जनाएपछि ओलीले पनि प्रतिरक्षा गरेका थिए ।

सोमवारको मन्त्रिपरिषद् बैठकले भट्टलाई लगानी बोर्डको सीईओ नियुक्तिको निर्णय गरेको थियो । दाहाल र खनालले भट्टको नियुक्तिले पार्टी र बालुवाटार गन्हाएको भनेपछि ओली प्रतिरक्षामा उत्रेका थिए ।

‘लगानी बोर्डमा कस्ता मान्छेलाई नियुक्ति गर्नुभयो, के यो पार्टीमा कुनै परामर्श गर्नुभयो, पार्टीसँग सल्लाह भयो ?’ उनले सोधे । दाहालले सरकारले गर्ने यस्तै नियुक्तिले स्वेच्छाचारिताको सीमा नाघैकै नाघेको बताए । दाहाल र खनालले ठूला नियुक्तिहरूमा पार्टीलाई अटेर गर्ने संस्कार अझै नरोकिएको भन्दै विरोध गरेका थिए ।

ओलीले आवेदन र सिफारिसका आधारमा सरकारले नियुक्ति गरेको भन्दै दाहालको आपत्तिमाथि जवाफ फर्काएका थिए । त्यसपछि पनि दाहालसँगै वरिष्ठ नेता खनालले पनि प्रश्न गरे, ‘यो नियुक्तिले बालुवाटार पनि गन्हायो, पार्टी पनि गन्हायो । यस्तो खालको नियुक्ति बन्द गर्नुपर्‍यो ।’

ओली त्यसपछि झन् आक्रामक भए । ओलीले भने, ‘तपाईंहरूले के आधारमा त्यस्तो प्रश्न उठाउनुभयो ? तपाईंहरूलाई लागेको मान्छे भए ठीक अन्य भए सबै बेठीक, गन्हाउने ?’

दाहालले प्रधानमन्त्रीले ‘कमिसन एजेन्ट’लाई लगानी बोर्डमा नियुक्त गरेको आरोप लगाए । ओलीले कुनै तथ्य प्रमाण त्यस्तो नभएको बताए । उनले भने, ‘प्रतिस्पर्धाबाटै आएका, योग्य र सक्षम व्यक्तिलाई नै आफूले नियुक्ति दिलाएको हुँ, विरोध गर्नुको तुक छैन ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण