दार्चुला। दार्चुलामा चार वर्षको अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटनामा आफन्त तथा चिनजानकैको संलग्नता रहेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबर्जस्तीकरणीका घटना बढ्दै गएका छन् । अझै कयौँ घटना समाजमा मिलाउने भएका कारण सबै घटना प्रहरीसम्म पुगेका छैनन् । आर्थिक वर्ष २०७३÷०७४ मा तीन जबर्जस्तीकरणी तथा दुई जबर्जस्तीकरणी उद्योगका मुद्दा दर्ता भएका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो । यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा पाँच जबर्जस्तीकरणीका मुद्दा दर्ता भएका छन्।
यसैगरी आव २०७५÷०७६ मा पाँच जबर्जस्तीकरणी र दुई जबर्जस्तीकरणी उद्योगका मुद्दा दर्ता भएका छन् भने आव २०७६÷०७७ मा जबर्जस्तीकरणीका आठ तथा जबर्जस्तीकरणी उद्योगका छ मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । बलात्कारका घटनामा अधिकांश बालिका पर्ने गरेका प्रहरीको तथ्याङ्क छ । अझै ग्रामीण क्षेत्रबाट बलात्कार, यौन दुव्र्यवहार र महिला हिंसाका अधिकांश घटना प्रहरीसम्म पुग्ने गरेका छैनन्। अहिले पनि यस्ता घटना समाजमै लुकाइएका छन्।
केहिले प्रहरी तथा अदालतसम्म बलात्कार र यौन दुर्वहारका घटना जानकारी दिँदा आफू समाजमा अपहेलित हुने डरले पनि सहेर बस्ने गरेका इन्सेकले जनाएको छ। अहिले पनि दुर्गम क्षेत्रबाट बलात्कार तथा यौन दुर्वहारका घटना बाहिर आउन सकेका छैनन्। स्थानीय तहका न्यायिक समिति भए पनि अझै महिला पीडित हुँदा खुलैर उजुरी दिनसक्ने अवस्था नरहेको अधिकारकर्मी बताउँछन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक