Logo

मंगलवार, भाद्र ९ गते २०८३

कोशी अस्पतालमा कोरोनाकाे लक्षण भएका एक पुरुषको मृत्यु

कोशी अस्पतालमा कोरोनाकाे लक्षण भएका एक पुरुषको मृत्यु


कोशी अस्पतालमा कोरोनाकाे लक्षण भएका एक पुरुषको मृत्यु

काठमाडौँ । कोशी अस्पतालमा विराटनगरमा एकजना पुरुषको मृत्यु भएको छ। मृतकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बताइएको छ । उनी विराटनगर ९ का ५८ वर्षीय स्थानीय रहेका छन्।

उनलाई शुक्रबार बिहान आफन्तले अस्पताल पुर्‍याएका थिए। कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले अस्पतालले आइसोलेसनमा भर्ना गरेको थियो।

आइसोलेसनमा राखेर जाँच गर्दा मृत्यु भइसकेको पाइएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।

उनलाई एकसाता यता ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएका पुरुषलाई निमोनियाको पनि समस्या थियो। शुक्रबार बिहान ९ः१५ मा अस्पताल आएका थिए। कोरोनासँग मिल्ने लक्षण देखिएकाले शवलाई आइसोलेसनमा राखेर कोरोना जाँचका लागि स्वाब संकलन गरिएको उनले बताए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक