काठमाडौँ । हात्तीको दाह्रासहित प्रहरीले शुक्रबार काठमाडौँको सुकेधाराबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरका २८ वर्षीय रुद्र लिम्बु, सिन्धुपाल्चोकका २५ वर्षीय हरि कार्की र गोरखाका २२ वर्षीय सुबोध देवकोटा रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
साढे एक बजे काठमाडौँ महानगरपालिका–४ सुकेधारामा हात्तीको दाह्राको खरिद बिक्री हुँदैछ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । उनीहरुको साथबाट १० इञ्च लामो हात्तीको दाह्रा बरामद गरिएको छ ।
उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक