Logo

मंगलवार, भाद्र ९ गते २०८३

गोंगुबुमा हत्या गरिएको शव सुटकेशमा, टाउको झोलामा

गोंगुबुमा हत्या गरिएको शव सुटकेशमा, टाउको झोलामा


गोंगुबुमा हत्या गरिएको शव सुटकेशमा, टाउको झोलामा

काठमाडौँ । काठमाडौँको गोंगवु गणेशस्थानमा हत्या गरेको शव सुटकेशमा फालिएको र टाउको दुई सय मिटरको दुरीमा टाउको फेला परेको छ।

गणेशस्थान नजिकै कालो सुटकेशमा शव र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए। शव फेला परेको स्थानभन्दा दुई सय मिटर पर टाउको भेटिएको छ। ‘टाउको जेब्रा झोलामा फेला परेको छ’ डिएसपी केसीले भने।

टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए। काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेका छन्।

गत २०७२ मा काठमाडौंको कोटेश्वरस्थित मनहरा खोलामा पनि सुटकेशमा राखिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले सो हत्यामा संलग्न ब्यक्तिलाई अझै कानुनी दायरामा ल्याउन सकेको छैन।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक