काठमाडौँ । प्रतिबन्धित लागुऔषध खैरो हिरोइनको कारोबार गरिरहेका अवस्थामा प्रहरीको टोलीले आइतबार सिरहाको गोलबजार नगरपालिका–६ दोशटियाबाट ६ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइनको कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा २८ वर्षीय गुप्तासहित स्थानीयवासी २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, २० वर्षीय सैफली खान, १९ वर्षीय विवेक श्रेष्ठ र १९ वर्षीय शिरिल महरा रहेको प्रहरीले जनाएको छ । बिक्री वितरणका लागि लुकाइछिपाई सेतो प्लाष्टिकको ससाना पाँच पोका, कालो प्लाष्टिकको एउटा ठूलो पोकामा रहेको एक ग्राम ४ सय मिलीग्राम र फ्लाष्टिकबाहेक एक ग्राम २ सय मिलीग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण