काठमाडौँ । राजधानीको गोंगबु–गणेशस्थानमा टाउको काटिएर फालिएको शव दाङका कृष्णबहादुर बोहरा भएको पत्ता लागेको छ । सोहीअनुसार विभत्स हत्या भएको घर प्रहरीले फेला पारेको छ ।
घटना भएको घर शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको छ । घटना ४ तले घरको एउटा कोठामा भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटना भएको घर फेला परेसँगै घरलाई सिल गरिएको छ । प्रहरीले अनुसन्धान तथा सोधपुछ सुरु गर्न थालिएको छ । आइतबार बिहान टाउको र खुट्टा छुट्टिएको शव सुटकेशमा भेटिएको थियो ।
मृतकका मामाले शवको सनाखत गरेको प्रहरी जनाएको छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण