काठमाडौँ । गोंगबुमा रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी महिला कलाकार रहेको खुलेको छ ।
प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत कल्पना मुडभरी (पौडेल)लाई कृष्ण हत्याको आरोपमा सार्वजनिक गरेको हो। कल्पना हत्यापछि चितवन पुगेकी प्रहरीले जनाएको छ। उनी कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको प्रहरीका अनुसार कल्पनाले केही टेलिश्रृंखलामा अभिनय गरेकी छन्।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत अर्का एकजनालाई पनि पक्राउ गरेको बताएपनि उनको पहिचान खुलाएको छैन। प्रहरीका अनुसार मृतक विगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण