Logo

मंगलवार, भाद्र ९ गते २०८३

पाँचवटा स्लिपिङ ट्याबलेट खुवाई अण्डकोषमा ह्यामरले हानी हत्या, शव व्यवस्थापन गर्न टुक्राटुक्रा

पाँचवटा स्लिपिङ ट्याबलेट खुवाई अण्डकोषमा ह्यामरले हानी हत्या, शव व्यवस्थापन गर्न टुक्राटुक्रा


पाँचवटा स्लिपिङ ट्याबलेट खुवाई अण्डकोषमा ह्यामरले हानी हत्या, शव व्यवस्थापन गर्न टुक्राटुक्रा

काठमाडौँ । ८ महिनादेखि होटेलमा बसिरहेका दाङ घर भएका कृष्णबहादुर बोहरालाई हत्याअघि पाँचवटा स्लिपिङ ट्यावलेट खुवाइएको खुलेको छ।

अभियुक्त कल्पना मुडभरीले प्रहरीलाई दिएको बयानअनुसार बोहरालाई दहीमा हालेर ट्याबलेट खुवाइएको थियो। काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन्। लट्ठिएका बोहरालाई सलको पासोले कसेर हत्या गरेको मुडभरीले बताइन्। बोहोरा मरेको एकिन गरेपछि शवको व्यवस्थापनका लागि घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ।

सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो। त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो।

अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक