Logo

मंगलवार, भाद्र ९ गते २०८३

कर्तव्य ज्यान मुद्दाका फरार २ जना पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार २ जना पक्राउ


कर्तव्य ज्यान मुद्दाका फरार २ जना पक्राउ

काठमाडौँ । कर्तव्य ज्यान मुद्दाका फरार २ जना प्रतिवादीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी वक्लौरी ६ घर भएका ३२ वर्षीय तुलसी चौधरी र ३२ वर्षीय टाईसन भन्ने मिङमा दोर्जे शेर्पा रहेका छन् ।

२०६४ वैशाख २९ गते सुनसरी चाँदवेलास्थित मधेसा टोलमा साथीको विवाहमा जन्ती गएको अवस्थामा मिङमा र तुलसीले सामान्य झैंझगडा हुँदा छुरा प्रहार गर्दा गम्भीर घाइते भएका सुनसरी एकम्वा बस्ने सुरेन कुमार ठाकुरको बिपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।

जिल्ला अदालत सुनसरीको २०७१ साउन २९ गतेको फैसलाले उक्त घटनामा तुलसीलाई २१ वर्ष ६ महिना र मिङमालाई २० वर्ष कैद फैसला गरेको थियो । उनीहरु दुवै जना कैद भुक्तान नगरी फरार रहेका थिए ।

लुकिछिपी बसेको अवस्थामा मिङमालाई रामधुनी नगरपालिका ६ बाट र तुलसीलाई धनुषा डल्केबरदेखि पिछा गरी सुनसरी इनरुवा नगरपालिका ४ बस बिसौनीबाट प्रहरीले प्रक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कामना न्यूज

  • मंगलवार, श्रावण २७ २०७७०७:१२:३७
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक