काठमाडौँ । धनगढी उपमहानगरपालिका–१४ फूलबारीका एक व्यक्तिको बुधबार प्रहरी हिरासतमा मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय अम्मरबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
मदिरा सेवन गरी गाउँघरका स्थानीयवासीलाई मार्छु र आफू पनि मर्छु भनेर तर्साउँदै आएका चन्दले आफन्तलाई दुःख दिएपछि सीमा प्रहरी चौकी बहुलिया प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । उनी शौचालय गएको अवस्थामा मृत फेला परेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
मृतक चन्दको घाँटीमा गहिरो चोट रहेको र घटनास्थलमा ब्लेड फेला परेको बताइएको छ । उनको शव अहिले परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक