काठमाडौँ । भारतबाट तस्करी गरी ल्याउदै गरेको राँगा भैँसी नियन्त्रणमा लिन प्रहरीले रौतहटमा हवाइ फायर गरेको छ। चोर बाटोबाट ल्याउँदै गरेको ५८ वटा राँगा भैँसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको हो।
स्थानीय वासिन्दा र भैँसी व्यापारीले प्रहरीको काममा अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास र १५ राउण्ड हवाइ फायर भएको थियो ।
सीमा नाकामा कडाइ गरेका बेला रौतहटमा तस्कर समूहले भने भारतबाट अवैध रुपमा राँगा भैँसीलगायत विभिन्न वस्तुको निर्वाध तस्करी गरिरहेका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक