काठमाडौँ । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–७ का एक युवकको हत्या गरिएको छ । बिहीबार साँझ स्थानीयवासी २१ वर्षीय गुनराज यादवको धरिलो हतियार प्रहार गरी हत्या गरेर सुनसरी खोलामा फ्याँकिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यादवलाई हत्या गरेर हातखुट्टा डोरीले शव बाँधेर बोराभित्र ढुङ्गा राखेर फ्याँकेको अवस्थामा इनरुवा–९ र भोक्राहा नरसिंह गाउँपालिका–५ को सीमामा रहेको सुनसरी खोलामा फ्याँकिएको अवस्थामा फेला परेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक