Logo

मंगलवार, भाद्र ९ गते २०८३

मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता


मोटरसाइकलसहित नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

काठमाडौँ । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ । दुर्घटनामा एक बेपत्ता भएका छन् । लु ५७ प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।

घटनामा दाङको गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् । मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएका छन् । बेपत्ता मनोजको सशस्त्र प्रहरीको गोताखोरद्वारा खोजीकार्य जारी रहेको प्रहरीले जनाएकोे छ । मृतकको शवलाई लमही अस्पतालमा राखिएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक