रौतहट । स्थानीय गरुडा नगरपालिका – ८ जिंगडिया गाउँका १७ वर्षीय निरञ्जन राम चमारको गए राति धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
आज बिहान ६ बजे स्थानीयवासीले खबर गरेपछि जिंगडियाभन्दा करीब तीन सय मिटर पर वर्षाको पानीमा शव बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले घटनास्थल प्रहरीले सुरक्षित गरेको र तालीमप्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान शुरु गरिएको बताए।
शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ। व्यक्तिगत रीसइबीका कारण कसैले युवकको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक