Logo

मंगलवार, भाद्र ९ गते २०८३

जवर्जस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दाका फरार पक्राउ

जवर्जस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दाका फरार पक्राउ


जवर्जस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दाका फरार पक्राउ

बाँके : बाँके प्रहरीले जवर्जस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । जिल्ला अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत दुबै मुद्धाको फरार प्रतिवादीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

२०७२ साल कार्तिक २७ गते साविकको कम्दी ९ हाल डुडुवा गाँउपालिका ५ बाहुन बगैचा स्थित १२ वर्षिया बालिकालाई जवरजस्ती करणी गरी फरार भएका मोहन विक्रम शाहीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेबाट उक्त मुद्धामा ३ वर्ष ११ महिना १६ दिन कैद सजाय तोकिएका २२ वर्षिय शाही त्यसयता फरार रहँदै आएका थिए ।

प्रहरीको फरार सुचीमा रहेको शाहीलाई ईलाका प्रहरी कार्यालय बनकट्टी ९क० बाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सुवास खड्काले जानकारी दिए ।

त्यसैगरी ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीहरुलाई समेत पक्राउ गरीएको खड्काले बताए । प्रवक्ता खड्काका अनुसार २०७६ साल असोज १२ गते बाँकेको खजुरा गाँउपालिका ५ उढरापुर स्थित सनिमा बानो खाँलाई बासको लाठीले हानी घाईते बनाएर फरार भएका सोही ठाँउका सुग्गी खाँ, हुसुनु बानो खाँ र सविर खाँ पक्राउ परेका हुन ।

घटना लगत्तै फरार भएका तिनै जनालाई ईलाका प्रहरी कार्यालय धनौलीको टोलीले आईतबार पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरेको प्रवक्ता खड्काले जानकारी दिएका छन ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक