Logo

मंगलवार, भाद्र ९ गते २०८३

दुर्घटनामा प्रहरी जवानको मृत्यु

दुर्घटनामा प्रहरी जवानको मृत्यु


दुर्घटनामा प्रहरी जवानको मृत्यु

काठमाडौँ । पोखरामा गए राति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन्। वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग १ ब ३६९ नंको मोटरसाइकलाई गए राति १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्दा सोही दिशाबाट आएको ग २ च २६२६ नंको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोल पम्प नजिक ठक्कर दिएको थियो।
 
ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकामा मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा राति १ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
 
घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर–२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने जिप र चालक प्रहरी नियन्त्रणमा रहेको प्रनाउ हमालले जानकारी दिए। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक