काठमाडौँ । प्रहरीले माछापोखरीबाट दुई वटा पेस्तोल र १० राउण्ड गोली सहित दुई जनालाई पक्राउ गरेका छन् । प्रकरणमा संलग्न एक जना माछापोखरीबाट समातिएका छन् भने अर्का व्यक्ति नुवाकोटबाट पक्राउ परेका छन्।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार पक्राउ पर्नेमा नुवाकोटको शिखरवेसी–६ का विकेश पण्डित र लिपु गाउँपालिका–१ घर भएका अमर तामाङ छन्।
तामाङले दिएको हतियार लिएर आउने क्रममा पण्डित पक्राउ परेका थिए। त्यसपछि अपराध महाशाखाले प्रहरी निरीक्षक भोलकुमार भट्टको कमाण्डमा नुवाकोटमा टोली पठाएर तामाङलाई उनकै घरबाट पक्राउ गरेको हो।
तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका थिए।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक