Logo

मंगलवार, भाद्र ९ गते २०८३

९ किलोग्राम चरेशसहित महिला पक्राउ

९ किलोग्राम चरेशसहित महिला पक्राउ


९ किलोग्राम चरेशसहित महिला पक्राउ

काठमाडौँ । प्रहरीले लागू औषध ९ किलोग्राम ३५० ग्राम चरेशसहित एक महिलालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीय पवित्रा थिङलाई बिहीबार राति पक्राउ गरेको हो। 

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा चरेशसहित थिङलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ थिङका श्रीमान् फूलबहादुर तामाङ भने फरार रहेका छन्। पक्राउ थिङमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको वृत्तले जनाएको छ। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक