Logo

बुधवार, भाद्र १० गते २०८३

देशभर १३१ जना कोरोना संक्रमितको मृत्यु, काठमाडौँमा थप २ जना थपिए

देशभर १३१ जना कोरोना संक्रमितको मृत्यु, काठमाडौँमा थप २ जना थपिए


देशभर १३१ जना कोरोना संक्रमितको मृत्यु, काठमाडौँमा थप २ जना थपिए

काठमाडौँ । काठमाडौंमा शुक्रबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गर्ने क्रममा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा बालुवाटारका ७६ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालमा भर्ना हुनासाथ उनको मृत्यु भएको थियो। कोरोना पोजेटिभ देखिए पनि उनी ६ दिनदेखि होम आइसोलेसनमा रहेका थिए।

यस्तै, राजविराजका ७७ वर्षीय एक वृद्धको पनि उपचारको क्रममा शुक्रबार बिहान १० बजे मृत्यु भएको छ। स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सशस्त्र प्रहरी अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको थियो। योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक सय ३१ पुगेको छ।

सशस्त्र प्रहरी अस्पतालमा हाल दुई जना भेन्टिलेटर र १२ जना आइसियुसहित १ सय ४० जना संक्रमित उपचाररत छन्। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण