काठमाडौँ । प्रहरीलाई आक्रमण गरेको आरोपमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी माग्वेर पक्राउ परेका छन्।
ग्रीसको एक टापुस्थित बारबाहिर भएको झगडाका क्रममा माग्वेरले प्रहरीलाई आक्रमण गरेको आरोप लागेको छ। २७ वर्षीय माग्वेर अन्य बेलायती पर्यटकसँग झगडा गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो।
प्रहरीलाई माग्वेरसहित अन्य २ जनाले बोली र भौतिक पमा आक्रमण गरेको दावी गरिएको छ। यस विषयमा म्यानचेस्टर युनाइटेडले घटनाबारे आफूलाई जानकारी भएको र थप बुझ्ने काम भइरहेको उल्लेख गरेको छ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण