काठमाडौँ । बलिउड फिल्म डाइरेक्टर महेश भट्ट तथा सुशान्त सिंह राजपुतकी गर्लफ्रेण्ड रिया चक्रवर्तीबीच भएको वाट्सऐप कुराकानी च्याट सार्वजनिक भएको छ। यस च्याटमा ९ देखि १५ जुनसम्म भएको कुराकानी रहेको छ।
रियाले ८ जुनमा सुशान्त सिंह राजपुतको घर छाडेर गएकी थिइन्। ९ गते राति भट्ट र रियाबीच कुराकानी भएको सार्वजनिक वाट्सऐप च्याटमा देखिएको छ। जसमा रियाले लेखेकी छन्, ‘मेरो एञ्जिल, म तपाईबिना के गर्न सक्छु? म तपाईलाई माया गर्छु, सर तपाईले फेरि मलाई बचाउनु भयो।’
रियाको कुरामा भट्टले सांकेतिक जवाफ दिएका छन्। रियाले उनलाई मुटु इमोजी पठाएकी छन्।
सुशान्तले आत्महत्या गरेको १४ जुनको बिहान रियाले महेश भट्टसँग कुरा गरेकी छन्। जसमा उसले लेखेकी थिइन्, ‘गुड मर्निङ्ग सर, म तपाईको दैनिक उर्जाको खुराक बिहानीमार्फत माग गर्दछु, जुन तपाईले वाट्सएपमा दैनिक पठाउनु हुन्छ। आई लभ यू।’
जवाफमा भट्टले एक अंग्रेजी कोट पठाएँका छन्। जसमा ‘भावनाहरू हावामा भरिएको आकाशका बादल झै चल्दै जान्छन्।’
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक