काठमाडौँ । विश्वकै सबैभन्दा खतरान अण्डर वल्ड्र डन दाऊद इब्राहिमले पाकिस्तानमा पकड जमाएको पाकिस्तान सरकारले स्वीकारेको छ। पाकिस्तानले शनिबार ८८ आतङ्कीवादीको सूची तयार बनाएको थियो।
जसमा १९९३ मा मुम्बईमा बम ब्लास्ट गर्ने योजनाकार तथा सर्वाधिक खोजीको सूचीमा रहेको दाऊदको नामसमेत समावेश छ। यसका साथै उनीसँग १४ वटा पासपोर्ट रहेको खुलेको छ भने पाकिस्तानको कराचीमा ३ वटा घर रहेको तथ्य सार्वजनिक भएको छ।
दाऊद १९९३ मा मुम्बईमा बम विस्फोट गराएर पाकिस्तान पुगेका थिए। यस विस्फोटमा परी २५७ जनाको मृत्यु भएको थियो। यस्तै, १४०० जना घाइते भएका थिए।
यसपछिका दिनमा दाऊद पाकिस्तानका विभिन्न शहरमा रहेको सूचना बाहिर आउने गरेको थियो।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण