Logo

मंगलवार, भाद्र ९ गते २०८३

भारतमा एक पत्रकारको आफ्नै निवासमा हत्या

भारतमा एक पत्रकारको आफ्नै निवासमा हत्या


भारतमा एक पत्रकारको आफ्नै निवासमा हत्या

काठमाडौँ । भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या गरिएको छ। बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताएका छन्। पत्रकार रतन सिंहको उनको निवासमै सोमबार साँझ हत्या भएको प्रहरीले जानकारी दिएका छन्। 

प्रहरीले उनको हत्याको बारेमा अनुसनधान शुरु भएको पनि जनाए। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट ती पत्रकार र सोही गाउँका केही व्यक्तिबीचको पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने अनुमान गरिएको बताएका छन्।

हत्या गरिएका पत्रकारका पिताले भने सोही गाउँका प्रमुख झबर सिंहले आफ्नो छोराको हत्या गरेको बताएका छन्। उनले तिनै गाउँले प्रमुखले नै यसअघि आफ्नो जेठो छोराको पनि हत्या गरेका बताएका छन्। 
बालिया जिल्लाका प्रहरी प्रमुख देवेन्द्रनाथले हत्यामा संलग्न जो सुकैलाई पनि कानुनी कारबाही गरिने बताए। 

कामना न्यूज

  • मंगलवार, भाद्र ९ २०७७०२:३०:५१
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक