Logo

मंगलवार, भाद्र ९ गते २०८३

अमेरिकाले साढे ७ अर्ब डलरको कोरोना भ्याक्सिन खरिद गर्ने

अमेरिकाले साढे ७ अर्ब डलरको कोरोना भ्याक्सिन खरिद गर्ने


अमेरिकाले साढे ७ अर्ब डलरको कोरोना भ्याक्सिन खरिद गर्ने

काठमाडौँ । गत वर्षको अन्त्यतिर चिनबाट देखिएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ। कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब २ लाख पुग्न लागेको छ। यस्तै संक्रमितको संख्या साढे ६० लाख पुगेको छ। 

विश्वका शक्तिशाली देशहरुसमेत कोरोनाको चपेटामा परिरहेको अवस्थामा केही देशहरुले भ्याक्सिन बनाउने ठूलो कसरत गर्दै आइरहेको छ। शक्तिशाली देशहरुले आफ्ना नागरिकलाई बचाउन भ्याक्सिन निर्माण गरिरहेको देशसँग अहिलेदेखि नै ठूलो परिमाणमा डिल गरिसकेको छ।

कोरोनाको भ्याक्सिन बनाउने प्रतिस्पर्धामा रुसले अघिल्लो हप्ता मात्रै भ्याक्सिन बनाएको दाबी गरिसकेको छ। यसैबीच रुसले ठूलो परिमाणमा भ्याक्सिन उत्पादन गर्न सुरु गरिरहेको समाचार बाहिर आएको छ।  यस्तै, चीनले पनि भ्याक्सिन उत्पादन सुरु गरेको जनाउँदै आएको छ। अमेरिका, ब्रिटेन तथा भारतसमेत केही भ्याक्सिनको परीक्षण भइरहेको छ।

यसैबीच विश्वको सबैभन्दा धेरै भ्याक्सिन खरिदको तयारीमा रहेको देश अमेरिका बनेको छ। अमेरिकाले अक्सफोर्ड इस्ट्राजानेको भ्याक्सिन एजेडडी १२२२ का १.२ अर्ब अमेरिकी डलर बराबरको भ्याक्सिन डिल गरिसकेको छ। जसमा अमेरिकाले अक्टुबरसम्म ३० करोड डोज मिल्ने भएको छ। 

यसबाहेक अमेरिकाले कोरोना भ्याक्सिनका लागि विश्वका अलगअलग निर्माता देशहरुसँग डिल गरिरहेको छ। यसका लागि उसले ६ अर्ब अमेरिकी डलर बराबरको रकम खर्च गर्ने भएको हो। अमेरिकाले आगामी जनवरी २०२१ सम्म आफ्नो देशका पूरै नागरिकलाई कोरोनाको भ्याक्सिन लगाउने तयारी गरिरहेको समाचार बाहिर आएको छ। एजेन्सी

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक