काठमाडौँ । अफगानिस्तानमा हालैका दिनहरुमा आएको बाढीका कारण १ सय २० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। गएको २ दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण भिषण बाढी आएको र सो बाढीमा परी १ सय २० जनाको मृत्यु भएको र अरु १ सय ५० जना घाइते भएका यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।
ती घटनाहरु देशका कम्तीमा पनि १२ ओटा प्रान्तहरुमा भएको यहाँका विपद् व्यवस्थापन सम्बन्धी राज्यमन्त्री बहुद्दिन जिलानीले जानकारी दिएका हुन्। स्थानीय अधिकारीकाअनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने त्यहाँ १ सय जना भन्दा बढी घाइते भएका छन्।
बढीको क्रम निरन्तर रहेकोले कतिपय प्रान्तका ठाउँमा उद्धारकर्ताले प्रभावकारी रुपमा उद्धारको काम गर्न नसकेको र कतिपय व्यक्तिको शव पनि नभेटिएको टोलो न्युजले समाचार सम्प्रेषण गरेको छ। विभिन्न क्षेत्रमा खटिएका ती उद्धारकर्ताले हराइरहेकाको शव भेट्टाउन तथा मानिसलाई जिवीतै उद्धार गर्न सकिन्छ की भनेर अहिले पनि प्रयास जारी राखेको जनाएका छन्।
उनीहरुले हराएका व्यक्तिहरुको खोजी कार्य जारी राखेका तर पनि अहिले पनि वर्षा नरोकिएकोले उद्धारको काम गाह्रो भइरहेको बताएका छन्। पीडितमध्ये अधिकांश महिला र बालबालिका रहेका उद्धारमा खटिएका व्यक्तिहरुले जनाएका छन्। स्थानीय समयअनुसार बुधबार दिउँसो झण्डै ३ बजेतिरबाट विनाशकारी बाढी आएको थियो।
त्यसैगरी कापिसा प्रान्तको कोभान्ड जिल्लामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन्।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण