Logo

बुधवार, भाद्र १० गते २०८३

दुई पक्षबीच झडप हुँदा एकको मृत्यु, चार घाइते

दुई पक्षबीच झडप हुँदा एकको मृत्यु, चार घाइते


दुई पक्षबीच झडप हुँदा एकको मृत्यु, चार घाइते

काठमाडौँ । मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा चार जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज अपराह्न १  बजे बेलबारी ५ कसेनी लोहन्द्रा पुलमा सोही स्थान बस्ने ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ र ३२ वर्षीय सन्तोष मगर तथा सोही स्थान बस्ने ४२ वर्षीय सईकुमार राई, ३५ वर्षीय समुद्र राई र १६ वर्षीय गौरव राईलगायतबीच सामान्य वादविवाद हुँदा खुकुरी प्रहारबाट घाइते भएका ४० वर्षीय चन्द्रकुमार राईको उपचारका क्रममा मृत्यु भएको हो।

खुकुरी प्रहारबाट घाइते उनको विराट शिक्षण अस्पताल बूढीगङ्गामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए।

झडपमा संलग्न अन्य तीन जना फरार रहेकाले खोजतलास भइरहेको छ।

 

कामना न्यूज

  • शुक्रवार, भाद्र १२ २०७७०७:३३:४९
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण