Logo

मंगलवार, भाद्र ९ गते २०८३

४ जनाको हत्या गरी घरभित्र खाल्टा खनेर गाड्ने युवा पक्राउ

४ जनाको हत्या गरी घरभित्र खाल्टा खनेर गाड्ने युवा पक्राउ


४ जनाको हत्या गरी घरभित्र खाल्टा खनेर गाड्ने युवा पक्राउ

काठमाडौँ । भारतको उत्‍‍‍‍‍‍‍‍तराखण्ड राज्यको रुद्रपुरमा नरेन्द्र नाम गरेका पुरुषले ४ जनाको हत्या गरी घरभित्र गाडेको अवस्थामा पक्राउ परेका छन्। उनले ती चारै जनाको शव घरभित्र नै खाल्टा खनेर गाडेको प्रहरीले जनाएको हो।

चार वटा शव व्यवस्थापन गर्न उनले साढे चार फिट गहिरो खाडल खनेको समाचारमा जनाइएको छ। उनले घरबाहिरको गेटमा ताला लगाएर शव व्यवस्थापनका लागि काम गरेका थिए।

नरेन्द्रले ससुर हिरालाल, सासु र दुई सालीलाई भाडामा बस्ने व्यक्तिसँग मिलेर हत्या गरेको प्रहरीले जनाएको छ। उनले ससुराले घर बेचेर गएकाले मर्मत काम भइरहेको भन्दै नजिकका मानिसलाई बताउँदै आएका थिए।

अनुसन्धानमा प्रहरीले चारवटा शवको कंकाल फेला पारेको बताएको छ। प्रहरीले ती शवको कंकाल पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक