Logo

मंगलवार, भाद्र ९ गते २०८३

सुनकोशीमा पहिरोले चार घर पुरियो, थप विवरण आउन बाँकी

सुनकोशीमा पहिरोले चार घर पुरियो, थप विवरण आउन बाँकी


सुनकोशीमा पहिरोले चार घर पुरियो, थप विवरण आउन बाँकी

काठमाडौँ । आज बिहानी सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ। पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको लगानीमा निर्माणाधीन पाखरखोला सिँचाइ कुलो पहिरोले पुरेको छ। 

घरमा रहेको अन्नपात पुरेको छ भने हजारौँ रोपनी जमिन क्षति गराएको स्थानीय रेशम बोहोराले जानकारी दिए। केही दिनदेखि मानिस अन्यत्र बस्दै आएकाले मानवीय क्षति नभए पनि अन्नपात र पशु चौपाया भने पहिरोमा परेको  बोहोराले जानकारी दिए। 

घटनास्थलमा सुरक्षाकर्मीको टोली उद्धारका लागि पुगेकाले  क्षतिको विवरण आउन बाँकी छ। पीडितहरुका लागि प्रदेश सरकारले आवश्यक सबै व्यवस्थापन गर्ने घटनास्थल पुगेका वाग्मती प्रदेशका अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले बताए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक