Logo

बुधवार, भाद्र १० गते २०८३

अवैध करिब साढे ५ लाखसहित इञ्जिनियर पक्राउ

अवैध करिब साढे ५ लाखसहित इञ्जिनियर पक्राउ


अवैध करिब साढे ५ लाखसहित इञ्जिनियर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश ५ को पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनियरलाई आइतबार मन्त्रालय परिसरबाट रकमसहित पक्राउ गरेको छ। 

आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश ५ भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट सोही मन्त्रालय, बाँके जिल्लास्थित पूर्वाधार कार्यालयका  इञ्जिनियर मनिषकुमार अर्याललाई पक्राउ गरेको हो। उनीसँग स्रोत नखुलेको पाँच लाख ३० हजार रुपैयाँ रहेको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।

उनलाई अपराह्न साढे ४ बजे कार्यालय समय सकिनै लाग्दा सवारी साधनबाट मन्त्रालयबाट बाहिर निस्कने क्रममा पक्राउ गरिएको बताइएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण