Logo

मंगलवार, भाद्र ९ गते २०८३

'कोरोना संक्रमण बढ्दै गए सरकार थेग्न सक्दैन'

'कोरोना संक्रमण बढ्दै गए सरकार थेग्न सक्दैन'


'कोरोना संक्रमण बढ्दै गए सरकार थेग्न सक्दैन'

काठमाडौँ । कोरोना भाइरस संक्रमण बढ्दै गए अहिलेको स्रोत साधनले नभ्याउने सरकारले बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बोल्दै थप स्रोत साधनबारे योजना बनाउनु पर्ने बताए।

'अहिलेको स्रोत साधनले नभ्याउन सक्छ। त्यसका लागि आजै सोच्नुपर्छ। घर घरमा रोकथामबारे सोचौँ,' उनले भने।

लक्षणबिनाका कोरोना संक्रमितलाई घरमा नै उपचार गर्नु पर्ने गौतमले आग्रह गरे। संक्रमण बढे अझै केही समय असहज परिस्थिति हुने भन्दै सरकारले चेतावनी दिँदै आएको छ। पछिल्ला दिनमा काठमाडौँ उपत्यकासहित देशका ठूला शहरमा संक्रमण बढ्न थालेको छ।

सोमबारसम्म नेपालमा संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ भने मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ।

कामना न्यूज

  • सोमवार, भाद्र १५ २०७७०६:००:४३
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक