Logo

मंगलवार, भाद्र ९ गते २०८३

पुजारीको हत्या गर्ने दुई जना भारतबाट पक्राउ

पुजारीको हत्या गर्ने दुई जना भारतबाट पक्राउ


पुजारीको हत्या गर्ने दुई जना भारतबाट पक्राउ

काठमाडौँ । रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई भारतको बिहारको चम्पारण मोतिहारी ढाकाथाना क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेल भएको प्रहरीले जनाएको छ। प्रदेश–२ प्रहरी कार्यालयका अनुसार उनीहरुलाई पक्राउ गरेको पुष्टि गरिएको छैन। उनीहरुले माधव नारायण नगरपालिका–३ खेसरहियाको हनुमान मन्दिरका पुजारी शाहको गत साउन ३ मा हत्या गरेका थिए। 

हत्यामा संलग्नको आरोप लागेका देवाही गोनाही नगरपालिका–१ का वडा अध्यक्ष नुरुलाह मियाँ, सोही ठाउँका राजेन्द्र पटेल, कहिल पटेल र राम प्रवेश पटेल फरार छन्। फरार वडाअध्यक्ष द्वन्दकालमा नेपाली सेना र प्रहरीको सुराकको काम गर्थे। 

उनी तत्कालीन मधेशी जन अधिकार फोरमबाट चुनाव लडेका थिए।

कामना न्यूज

  • सोमवार, भाद्र १५ २०७७०६:१०:१९
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक