Logo

बुधवार, भाद्र १० गते २०८३

राष्ट्रपति, प्रधानमन्त्री तथा विपक्षी नेताद्वारा श्रद्धाञ्जली व्यक्त

राष्ट्रपति, प्रधानमन्त्री तथा विपक्षी नेताद्वारा श्रद्धाञ्जली व्यक्त


राष्ट्रपति, प्रधानमन्त्री तथा विपक्षी नेताद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । भारतीय राष्ट्रपति रामनाथ कोविद तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्देश व्यक्त गरेका छन्। राष्ट्रपति कोविदले पूर्व राष्ट्रपति मुखर्जीको आत्माको चीर शान्तिको कामना गर्दै उनका परिवारजन इष्टमित्र तथा सबै देशवासीमा समवेदना व्यक्त गरे। 

सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिइएको शोक सन्देशमा भनिएको छ, “पूर्व राष्ट्रपति प्रणव मुखर्जी रहनुभएन। उहाँको मृत्युसँगै एक युगको अन्त्य भएको छ। उहाँको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति भएको छ। उहाँले भारतमाताको एक ऋषिको भावनाले सेवा गर्नुभएको थियो। राष्ट्रले उसको होनाहार सपुतमध्ये एकलाई गुमाएको छ।” 

“यस शोकको घडीमा पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जली साथै उहाँको परिवारजन, इष्टमित्र तथा सम्पूर्ण देशवासीमा समवेदना प्रकट गर्दछु,” उनले थपे।  

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले ट्वीटरमार्फत् दिएको शोक सन्देशमा भनिएको छ, “भारत रत्न प्रणव मुखर्जीको मृत्युमा सम्पूर्ण भारत शोकमग्न बनेको छ । उहाँले हाम्रो देशको विकासको बाटोमा अमिट छाप छोड्नुभएको छ। उहाँ विद्वान तथा सम्मानित राजनेता हुनुहुन्थ्यो र उहाँ समाजका सबै वर्गमा प्रशंसनीय हुनुहुन्छ।”  

त्यसैगरी भारतीय काँग्रेसका नेता राहुल गान्धी तथा अन्य नेताहरूले पनि पूर्वराष्ट्रपतिको निधन भारतको लागि अपुरणीय क्षति भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

एक हप्ता शोक मनाइने

भारत सरकारले स्वर्गीय पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै यही अगस्ट ३१ देखि सेप्टम्बर ६ सम्म (सात दिन) राष्ट्रिय शोकको घोषणा गरेको छ। 

उक्त राष्ट्रिय शोकको अवधिमा राष्ट्रिय झण्डा आधा झुकाउने अन्य औपचारिक कार्यक्रमहरू स्थगित गरिने केन्द्र सरकारले बताएको छ।  उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने गृह मन्त्रालयले बताएको छ।  

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण