काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण बढेसँगै सचेतनाका अनेक विधि अपनाइएको छ। यसका लागि ट्राफिक प्रहरीले ‘नक्कली प्रहरी’ खडा गरी जनचेतना दिएको छ।
ट्राफिक प्रहरी नै सडकमा उभिएर जनचेतना फैलाउन तथा नियम पालना गराउन असहज भएपछि नक्कली प्रहरी राखिएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटना न्यूनीकरण गर्न काठमाडौँका २२ स्थानमा जनचेतनामूलक नक्कली ट्राफिक प्रहरी राखेको हो।
नक्कली ट्राफिक प्रहरीले हातमा ट्राफिक नियम उल्लंघन गरे जरिवाना हुने लेखिएको प्ले कार्ड बोकेका छन्। महाशाखाले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा नक्कली प्रहरी राखेर सूचना दिँदै आएको हो।
यस्तै, महाशाखाले उपत्यकाको विभिन्न ठाउँमा कोरोना भाइरस संक्रमणबाट जोगिने उपायहरू लेखिएका ६० वटा फ्लेक्स बोर्डसमेत राखेको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक