काठमाडौँ । काठमाडौँमा कोरोना भाइरस संक्रमितको संख्या करिब ५ हजार पुगेको छ। बुधबार थप तीन सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ हजार पुग्न लागेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज काठमाडौँमा ३५० जनामा कोरोना देखिएको हो। योसँगै काठमाडौँमा संक्रमितको संख्या ४ हजार ८ सय ३५ पुगेको छ।
यस्तै, सबैभन्दा धेरै कोरोना संक्रमित भएका जिल्लाहरुमा ललितपुर, मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, र रुपन्देही छन्। यी जिल्लाहरुमा ५ सयभन्दा बढी कोरोना संक्रमित रहेका छन्।
यसैगरी दुई सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरूमा सिराहा, भक्तपुर, मकवानपुर, कपिल्वस्तु, दाङ र कैलाली रहेका छन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक