काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिरोमा परी हराएका व्यक्तिको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ। मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका–८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार पन्थले जानकारी दिए।
बढीघाट खोलामा ठूलो बाढी आएपछि स्थानीयवासीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। फेला परेका शवमध्ये एक बालक र अन्य दुई महिला रहेका छन्।
उक्त पहिरोग्रस्त क्षेत्रबाट बगेको बढीघाट खोला धेरै मात्रामा गुल्मीको भूभाग हुँदै बग्ने भएकाले अन्यको शव पनि गुल्मीमा भेटिन सक्ने अनुमान गरिएको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक