Logo

मंगलवार, भाद्र ९ गते २०८३

कोरोनाले अमेरिकामा ३३ खर्ब डलर बजेट घाटा

कोरोनाले अमेरिकामा ३३ खर्ब डलर बजेट घाटा


कोरोनाले अमेरिकामा ३३ खर्ब डलर बजेट घाटा

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ। अमेरिकी बजेट तयार पार्ने कंग्रेस बजेट कार्यालयका अनुसार अर्थतन्त्रलाई जीवन्त राख्न सरकारले गरेका खर्चले संघीय बजेटमा २० खर्ब डलरभन्दा बढी भार थप भएको छ। 

बजेट घाटाको अंक बढ्नुको अर्थ हो, अर्को वर्ष संघीय ऋण वार्षिक कूल गार्हस्थ्य उत्पादनभन्दा बढी हुनेछ। यो स्थितिमा अमेरिका यसअघि दोस्रो विश्वयुद्धपछि मात्र पुगेको थियो। त्यसबखत कूल राष्ट्र ऋण समग्र अमेरिकी अर्थतन्त्रको आकारभन्दा बढी थियो। 

बुधबार सार्वजनिक गरिएको ३३ खर्ब डलरको अंक सन् २०१९ को कूल घाटाभन्दा तीन गुणा बढी हो। कोरोना महामारीबाट सिर्जित समस्यापछि घोषणा गरिएका चार पटकका राहत प्याकेजका कारण सरकारको कूल खर्च ६६ खर्ब डलर पुगेको छ। यो रकम सन् २०१९ को भन्दा २० खर्ब डलरभन्दा बढी हो। 

आर्थिक मन्दीका कारण राजश्वमा कमी आएको छ। व्यक्तिगत आयकरको संकलन गत वर्षको भन्दा ११ प्रतिशतले न्यून छ। कर्पोरेट राजश्व पनि ३४ प्रतिशतले घटेको छ । 

कोरोनाले गरिएको लकडाउनले समग्र अर्थतन्त्रमा व्यापक असर पारेको भन्दै संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यवसायीलाई अनुदान, बेरोजगारी भत्ता, १,२०० डलर प्रत्येक व्यक्तिका खातामा सोझै भुक्तानी र अरु राहत योजनाले छोटो अवधिका लागि भए पनि अर्थतन्त्रलाई जोगाउन मद्दत गरेको थियो। 

अधिकांश अर्थशास्त्रीहरु अर्थतन्त्र ठूलो संकटमा परेका बखत ठूलो मात्रामा राष्ट्र ऋण उठाउनु स्वाभाविक रहेको बताएका छन्। तर अहिले सांसदहरु र ह्वाइट हाउसबीच पाँचौं राहत प्याकेजका बारेमा गम्भीर विचारविमर्श जारी छ। डेमोक्राट पार्टीको नियन्त्रण रहेको कंग्रेसले गत मे महिनामा ३५ खर्ब डलरको राहत योजना पारित गरेको थियो।  

यस वर्षको अन्त्यसम्ममा राष्ट्रिय ऋण अमेरिकाको कूल गार्हस्थ्य उत्पादनको ९८ प्रतिशत पुग्नेछ। यो वस्तु तथा सेवाको कूल अंक बराबर हो। बजेट कार्यालयले सन् २०२१ मा राष्ट्र ऋण कूल जिडिपीको सय प्रतिशत पुग्ने जनाएको छ। आगामी दशकमा राष्ट्र ऋण करिब १३० खर्ब डलर पुग्नेछ। एपी

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक