काठमाडौँ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा रोहिणी गाउँपालिका २ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले नियन्त्रणमा लिएको छ।
सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग ४५ हजार घुस मागेको र २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई नियन्त्रणमा लिइएको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।
पाण्डेलाई वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको बताइएको छ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण