काठमाडौँ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीको नेतृत्वमा २६ किलो लागुऔषध अफिमसहित ५ जनालाई पक्राउ गरिएको छ।
प्रदेश प्रहरी कार्यालयबाट गएको विशेष टोली, औषध ब्यूरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमबाट खटिएको संयुक्त टोलीले शनिबार बेलुका ७ बजे नलगाड नगरपालिका–९ जाजरकोट निवासी ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंहलाई १६ किलो अफिमसहित पक्राउ गरिएको हो।
बरामद लागुऔषध अफिमसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिममा आवश्यक कारवाहीका लागि बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए।
त्यसैगरी शनिबारकै दिन दिउँसो कर्णाली प्रदेश प्रहरीको विशेष टोली, औषध ब्यूरो सुर्खेत र इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको संयुक्त टोलीले नलगाड नगरपालिका–२ छेप्का जाजरकोटस्थित सडकमा हिँडिरहेको समयमा सोही वडाको चावले चौर निवासी ४२ वर्षीय मानबहादुर विष्ट र तातोपानी गाउँपालिका–५ जुम्ला निवासी हरिचन्द्र डाँगीलाई १० किलो लागु औषध अफिमसहित पक्राउ गरिएको प्रवक्ता बाँस्तोलाले बताए। उनका अनुसार उनीहरु दुवै जनाबाट ५१ हजार ९६० र दुई थान मोबाइल बरामद गरिएको थियो।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण